सोच

तपाईले कति बर्षको उमेरदेखि सोच्न शुरू गर्नुभयो ? एक मिनेट !! मलाई थाहा छ , तपाईले अहिले त्यो प्रश्नको उत्तर सोच्दै हुनुहुन्छ । यति सोच्दा सोच्दै सम्म तपाईले अरु कुराहरू पनि सोच्न भ्याउनु भयो। 

मेरो सोचले सोच शब्दलाई परिभाषा गर्न सक्दैन । यदि तपाईको सोचले भ्याउँछ भने एकपटक सोच्नहोला । साच्चै नै यो सोच धेरै नै शक्तिशालि छ । ढुङ्गेयुग देखि यहा सम्म हामी नयाँ नयाँ सोचले गर्दा आएका हौ । मेरो विचारमा सोच्नु मानिसको कर्तव्य हो । हामी नचाहेरपनि आफ्नो मगजलाई नसोची बस् भन्न सक्दैनौ । तपाईले एकपटक प्रयास गरेर  हेर्नुहोस् त , नतिजा मैले भनि राख्नु त परेन ।

 मैले यो कुरा लेख्नु भन्दा पहिले धेरै सोचे र अन्त्यमा सोचकै बोरेमा लेखे । तपाईले पनि कस्तो लेख पढिरहेछु भन्ने सोचिरहनुभएको छ । अब एकपटक आखाँ बन्द गरेर सोच्नुहोस् त , तपाईले के सोच्नुभयो त्यो तपाईलाई नै थाहा छ । तपाईको आखाँबाट हेर्दा त्यो सोच कि त सकरात्मक थियो कि त नकरात्मक । अब लागौ सकरात्मक र नकरात्मक सोचले पार्ने प्रभाव बारे बुझ्न :

सकरात्मक सोच :- आफ्नो अप्रियतालाई सकरात्मक र उत्पादक तरिकामा सोच्नु नै सकरात्मक सोच हो । जे भएपनि राम्रो नै हुन्छ भन्ने सोच नै सकरात्मक सोच हो । 
      प्रभावहरु :-
    १) तनावबाट मुक्ति
    २) प्रतिरक्षा वृद्धि
    ३) डिप्रेसनबाट मुक्त
    ४) मनोबैज्ञानिक र शारिरिक स्वस्थता
    ५) कठिनाइको समयमा राम्रो सामना कौशल
    ६) आत्मविश्वासको वृद्धि

नकरात्मक सोच :- सबै कुरामा सबैभन्दा नराम्रो हुन्छ भन्ने सोच्नु वा सबैभन्दा खराब सम्भावित परिदृश्यलाई विचार गरेर आफ्नो अपेक्षाहरु घटाउने सोचलाई मैले नकरात्मक सोच भन्न रुचाउँछु ।
     नकरात्मक सोचले प्रार्ने राम्रो प्रभावहरू छ भन्नु भनेको बालुवा निचोरेर तेल आउँछ भन्नु जस्तै हो । 

तपाईले पनि सानैदेखि सकरात्मक सोच्नुपर्छ भनेर सुन्दै र आफैलाई सुनाउँदै आउनु भएको छ । कहिलेकाहि आफै माथि गर्व हुने सोचहरू तपाईको मगजले सोच्यो र कहिलेकाहि आफैले सोचेको कुरामा छिः भन्ने पनि भयो तपाईलाई । हत्केलामा तोरी उम्रदैन भनेझै तपाईको दिमागले आफै सकरात्मक सोचहरू बुन्दैन , त्यसको लागि तपाईले गर्नुपर्ने कामहरू मैले तल उल्लेख गरेको छु ।
 . सकरात्मक मान्छेहरुसंग समय बिताउनुहोस
 . तपाईको नकरात्मक पक्षहरु पत्ता लगाउनुहोस
 . हरेक बिहान सकरात्मक कुराहरू गर्ने सोच बनाउनुहोस
 . आफैसँग समय बिताउनुहोस्

नकरात्मक सोचका केहि उदाहरण :-
 . म असहाय छु , आफै केहि गर्न सक्दिन ।
 . मेरो जिवनमा केहि राम्रो हुदैन ।
 . म यो गर्न सक्दिन ।
 . मेरो जिवन व्यर्थ छ ।
 . म कहिल्यै खुशी हुन सक्तिन ।
आदि


बास्तबमै भन्नपर्दा नकरात्मक सोच हाम्रो पुस्ताको लागि एउटा श्राप नै बनेको छ । तपाईले आफ्नै वरिपरि र समाचारको शिर्षकहरूमा डिप्रेशन , मानशिक अवस्थ मान्छेहरू देख्दै र सुन्दै आउनुभएको छ । त्यसको असर, प्रभावको वारेमा तपाईलाई अवगत नै छ । तपाईं त्यस्ता समस्याहरुमा हुनुहुन्छ भने आफ्नो मन मिल्ने मान्छेसँग छलफल गर्नुहोस । तपाईसँग ति समस्याहरुबाट हिडिरहेका मान्छे आउँछन् भन्ने उनिहरुको कुरा सुनिदिनुहोस् ।
     

One Thought to “सोच”

  1. Great content! Keep up the good work!

Leave a Comment